11 February 2011

कार्यक्रम "विम्व प्रतिविम्व"

मरुभूमिमा सपनाको गोडमेल गर्दैछु साहिला
गैती बेल्चाको परीक्षा पासफेल गर्दैछु साहिला
उदासिन्ताको बगैंचामा पसिनाको सिन्चाइ गरि
सुन्दर उन्यू फुलाउने तालमेल गर्दैछु साहिला ॥


सागरको आवेग घैलामा अटदैन कैले
गरीबको सपना थैलामा अटदैन कैले
महामारी अनिकालको महासंग्राम
एक झोक सुनामी दैलामा अटदैन कैले ॥ 



कतातिर हो नि कान्छा कुम्ला बोकेर
नील डाम जिउ भरी सुम्ला बोकेर
आफ्नो गाउँघर सबै लावा लस्कर-
आफैंसँग हुम्ला अनि जुम्ला बोकेर ॥

रविन्द्र दिखुक्पाका चोटिला मुक्तक र सुमधुर गीत सुन्नका लागि तलको लिङ्कमा क्लिक गर्नुस् है http://www.supload.com/listen?s=aYUJv9

05 February 2010

सालाम "खाना बाखाछा"

सुम्नीमा पारुहाङओ अछाची
हेन्खाममा निनाम्माओ अदक्छाची
कुम्भकर्ण ओत्नी मान्इम्दानिन्
ओयोक्दा खारु चोङसा थिन्मादोत्त
यलम्बर साका साया दोत्याङसा यङानिन्
उङकान ओबाखादाओ बाखाछा
ओको आन्कोङे बाखा आन्कोङे चाखा
हान तायामा खियामाआ अलित्ताचुओ
मुकुबुङ छोप्मासमा अनुनिन
खम्बुहाङओ अयुङखा खिम होत्मा अनुनिन्
यङानिन आइङे बुढासुब्बा सेनानुम्
साकेन्वा च्याब्रुङ खोन्की हाक्पारे
साङको अनङदा युङयाङ
चोमलुङमा भेन्दाङकाओ आम बुसुयङरि खोइ ?
खाउ बुसुयङरिदा छाप्ताओ युङयाङ
खाना ओबाखादाओ बाखाछा तलिकिनाछे
मताने करासे वाइप्मी तलियुङ
आम मुन्धुम खोन्की बुसुयङरि खोइ ?
केन्ताओ कुइवाओ मुमायु बुसुयङरिआ
तछप्ताकी कुइँयामा हुत्दा तसक्युङ
दि हान्छे ओत्नीङे युङमाओ
यलखोम चौदण्डी खोन्की विजयपुराओ
आम बुसुयङरि खोइ ?
यलम्बर दाङका गस्ती तारिआ
आम हेन्कोप ताङखुन खोइ ?
दि हान्छे मान्चेप्माङङे तयुङओ ?
लेनलेन साकेन्वा च्याब्रुङओ सायादोत्सा
यलम्बरओ बाखा बोब्बी लाम्मादोत्त
आन हाङकोप बुसुयङरि लाम्मादोत्त
ओयोक्दा मान्चेप युङमा अनुनिन
साया चोङसा थिन्मादोत्त
ताया चोङसा थिन्मादोत्त ॥


(किरात राई वान्तावा भाषाको कविता)

03 November 2009

दुई मुक्तक

मरुभूमिमा सपनाको गोडमेल गर्दैछु साहिला
गैती बेल्चाको परीक्षा पासफेल गर्दैछु साहिला
उदासिन्ताको बगैंचामा पसिनाको सिन्चाइ गरि
सुन्दर उन्यू फुलाउने तालमेल गर्दैछु साहिला ॥


अगाडि देखि सबले प्यारो छोरा भन्थे
पछाडि देखि सबले थोत्रो बोरा भन्थे
अन्ततः घर न थरको मान्छे भनि
गोरुलाई झै आइज फिरी होरा भन्थे ॥

21 October 2009

गह्रौ होला भारी (गजल)

गह्रौ होला भारी मनको बिसाएर जाऊ
पयूँ फुल्ने गाउँको माया मिसाएर जाऊ

वसन्तमा फुल्ने पयूँ गाला उस्तै रिसाउदा
र त जाँदा अलि-अलि रिसाएर जाऊ

मौसम उस्तै खडेरीको उस्तै चर्को गर्मी
जाँदा-जाँदै सोलु फाप्लु चिसाएर जाऊ

भोलि कुनै शिकायती हुनु हुन्न हिड्दै जाँदा
संकोच भए मनमा आजै पिसाएर जाऊ

कुर्नु हुन्न भोलि भविष्यको के छ कर्म
लक्ष्य चुम्न आफैलाई घिसाएर जाऊ ॥

20 October 2009

दुई मुक्तक

आफ्नै आँगनको घाम नबेच
ओदान माथिको माम नबेच
बरु भोकमरीले सहिद बन-
पैसाकोलागि तिमी नाम नबेच ॥


तिम्रै हातले दागबत्ती दिएर जाऊ
नसके पनि घाटसम्म लिएर जाऊ
चन्दन तुलसी पिताम्बर चाहिन्न भो
पार्थिव कात्रो जाँदा जाँदे सिएर जाऊ ॥

15 October 2009

आमा ! तिमी मेरी आमा होइन (कविता)

यो माटोको कसम
हो आमा ! पक्का हो
तिमी मेरी आमा होइन
मात्रै कसैको नेकार चाकर अति श्रीमती
हो.... दश महिना गर्भमा बोक्यो
जन्मायौ, हुर्कायौ आफ्नै खेट्टामा उभ्ने बनायौ
तर…आमा हुनुको प्रमाण के छ ?
यदि छ भने भन…भन आमा
हो पक्का हो सत्य हो
म तिम्रै नसल हुँ, तिम्रै वंश हुँ
तर.....तरपनि.......
तिमीले मेरो अधिकार दिन सक्दैनौ
त्यो अधिकार दिन त बाउ चाहिन्छ
म नेपाली नागरिक हुनुमा,
तिम्रो ल्याप्चे छाप काम लाग्दैन
बाउ चाहिन्छ, बाउको नाम चाहिन्छ
यो कस्तो कानुन हो ?
आमा भएरपनि आमाहुन नपाउनु
आमा तिमी मेरी आमा हौ भने..
बाउ समानको अधिकार हुनु पर्छ
जन्म दर्ता मृत्यु दर्ता र नगरिकतामा
तिम्रो ल्याप्चे छापले काम गर्नु पर्छ
आमाहरुले आमा हुनुको अधिकार पाउनुपर्छ ॥