सायाचोङ् सायाचोङ् सायाचोङ्.................................!

..... तमाम सहयात्री मित्रहरुमा हार्दिक नमस्कार ! आउनुहोस् एकसाथ उकाली ओरालीको यात्रा गरौं.........!

18 March 2011

तस्विर गजल एक


प्रलेख प्रविष्टी: रविन्द्र दिखुक्पा "बाखाछा" No comments:
Newer Posts Older Posts Home
Subscribe to: Posts (Atom)

छिमेकी गाउँ घुम्न जाऊ

  • अध्यापन अनुमतिपत्र
  • आजउरा प्रतिष्ठान
  • उच्च माध्यमिक रिजल्ट
  • किराया जाने बाटो
  • टी यु रिजल्ट यहाँ छ
  • नेपाली गजलहरुको ब्लग
  • नेपाली प्रीतिबाट युनिकोड
  • नेपाली मिति रुपान्तरण
  • नेपाली रोमन युनिकोड
  • नेपाली रोमन युनिकोडमा लेख्नुस्
  • नेपाली साहित्य घर
  • रविन्द्र दिखुक्पाका चोटिला मुक्तक र सुमधुर गीत सुन्नका लागि क्लिक गर्नुस्
  • समकालीन साहित्यिक
  • साइवर संसार यता

मेरो संक्षिप्त परिचय

My photo
रविन्द्र दिखुक्पा "बाखाछा"
वाप्लुखा-८, खोटाङ, हालः काठमाण्डौ
View my complete profile

(के छ र मेरो ?) गजल

के छ र मेरो ? लेकबेसी सारा तिम्रै हो
गगनमा चम्कने जून तारा तिम्रै हो

मैले टेकेको माटो शिवाय के छ मेरो ?
छङछङ बग्ने मेची कोशी रारा तिम्रै हो

यत्रतत्र झकी झकाउ तुल व्यानर
जय जय विजय जुलुस नारा तिम्रै हो

लेख आफ्नै आवाज आफ्नै रस्तिबस्ती
दफा उपदफ संविधानको धारा तिम्रै हो ॥

(गाँउ-गाँउ झुपडिका) गजल

गाँउ-गाँउ झुपडिका दासी उठ
सारा सर्वहारा आदिवासी उठ

डांडा पाखा लेकबेसी चुला चौका
दोकोभरि स्येतता बोकी घासी उठ

अदुवा चिंदो साथ मुन्धुम फलाक्दै
सुम्निमा पारुहांग भित्ताका तासी उठ

भूमि थामी भूमिपति लावा लस्कर
अस्तितोको एउटा माला गासी उठ

सुम्निसिली तावासिली सबै सार्वभौम
समावेशी आवाज भाषा भाषी उठ ॥

(शून्य भो) गजल

शून्य भो खै किन क्यैं फुर्दैन हिजोआज
के भो भेट्ने साइत जुर्दैन हिजोआज

समय नि आफ्नै गतिमा चल्दोरहेछ
विगत आगत भै घुर्दैन हिजोआज

धेरै थिए प्रतिक्षा गर्ने पि्रय आफन्त
खै किन कोही बाटो कुर्दैन हिजोआज

पहिले त दुबै चक्का बराबर गड्थे
किन विश्राम लियो गुर्दैन हिजोआज

घाउ त पुरानै हो बल्झिन्छ बेला-बेला
भुल्न खोज्यो खै किन तुर्दैन हिजोआज ॥

दुई मुक्तक

म सधै तिमीले थापेको दाउमा परे
निको हुँदा नहुँदै अर्को घाउमा परे
पीर व्यथा के बुझ्ला र तिम्रो सहरले
म त विकट अशिक्षाको गाउँमा परे ॥


तिमीसँग जिन्दगीको परिभाषा थियो
एउटा सुन्दर विहानीको आशा थियो
मैले हारेको कठै बवुराः जिन्दगी
तिम्रो आफ्नै दाउको त्रिपासा थियो ॥

(बाटोमा फालेको) गजल

बाटोमा फालेको टीलो भो जिन्दगी
राखौ न बाडुको बिलो भो जिन्दगी

छोउ भने यतै दुख्छ उतै दुख्छ
हुनुसम्मको थिल्थिलो भो जिन्दगी

आस्वसनमा दुक्क भै बस्दा-बस्दा
आज मक्किएको किलो भो जिन्दगी

रहरमा कति भोटे ताल्चा परे
आखिर असारे हिलो भो जिन्दगी

चैतको खडेरीमा ओइलाको फूल जस्तै
मर्नु न बाँच्नुको जिलो भो जिन्दगी ॥

प्रलेख प्रविष्टी विवरण

  • ►  2009 (16)
    • ►  October (15)
    • ►  November (1)
  • ►  2010 (1)
    • ►  February (1)
  • ▼  2011 (2)
    • ►  February (1)
    • ▼  March (1)
      • तस्विर गजल एक

किरात राईहरुको झण्डा

किरात राईहरुको झण्डा

सुन्दर फूल लालीगुराँस

सुन्दर फूल लालीगुराँस

यस ब्लगमा तपाईको आफ्नो विचार

खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल बजार

खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल बजार

खोटाङ जिल्लाको ७६ वटै गाबिसको सचित्र

खोटाङ जिल्लाको ७६ वटै गाबिसको सचित्र